जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिमा राजनीतिक दल पनि सक्रिय भएका छन् । अहिले मुख्य चार राजनीतिक दलका युवा नेता संयुक्त छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी र रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनाललगायत भर्चुअल छलफलमा छन् ।
यो छलफलमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेनजीका माग सम्बोधन हुनुपर्ने, पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने लगायतका विषयलाई केन्द्रमा राखेका छन् ।
प्रकाशित: २६ भाद्र २०८२ १५:०९ बिहीबार





