६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

योगेश भन्छन्: ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको इमान, निष्ठा र साहसको प्रशंसा गर्छु

नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले आफ्नो प्यानलका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको इमान, निष्ठा र साहसको उच्च प्रशंसा गरेका छन्।

पोखरेल र पाण्डेको फोटो फेसबुकमा राख्दै एकता र सहकार्यप्रति आभारी रहेको बताएका हुन्।

उनले भने, ‘सम्पूर्ण प्रतिनिधि सहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु ।’

पोखरेल प्यानलबाट भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका थिए।

 

प्रकाशित: ३ पुस २०८२ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App