२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

योगेशले ओलीलाई दिएका चार विकल्प

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी रुपान्तरणका लागि अध्यक्ष केपी शर्मा ओलीलाई चार विकल्प हुन सक्ने बताएका छन् ।  

नागरिकसँगको कुराकानीमा उनले यी विकल्प आफ्नो धारणा रहेको बताउँदै पार्टीमा यी विकल्प आफूले उठाउने तर पार्टीले गरेको निर्णय मान्ने बताए ।  

उनले पहिलो विकल्पका रुपमा ओलीलाई कार्यबाहक अरू कसैलाई दिएर महाधिवेशन गराउन सुझाएका छन् । तर अध्यक्षको मनस्थिति बुझ्दा यो विकल्प अध्यक्षले नमान्ने जस्तो लाग्ने उनले बताए । तर आजको दिनमा यत्ति ठूलो प्रश्न उठ्दा अध्यक्षलाई विकल्प दिनु उपर्युक्त हुने उनले बताए ।  

त्यस्तै दोस्रो विकल्पका रुपमा आफूले महाधिवेशन गराउने तर त्यो महाधिवेशनबाट आफू नदोहोरिने सुनिश्चतता गर्न सक्ने भट्टराईले दोस्रो विकल्पका रुपमा सुझाएका छन् ।  

त्यस्तै दुई कार्यकालको कार्यकारी प्रणालीलाई पुनर्स्थापित गर्न उनले सुझाएका छन् । चौथो विकल्पका रुपमा उनले फेरि महाधिवेशनबाट आउने सक्ने अवस्थालाई जोड दिएका छन् ।  

उनले भने, ‘अहिले मेरो विचारमा अध्यक्षसँग चार विकल्प छन् जस्तो लाग्छ । तीन विकल्प अध्यक्ष छोड्ने र चौथो विकल्प फेरि आउने हुन् । अब पार्टीले के निर्णय गर्छ । अध्यक्षले के विकल्प अपनाउनुहुन्छ । त्यो हेर्न बाँकी छ।’

 

प्रकाशित: २९ आश्विन २०८२ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App