नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मतदान गरेका छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ सांगुस्थित श्री नारायणी मावि ‘ख’ मतदान केन्द्रमा बिहान ७स्१५ बजे पहिलो मतदान गरेका हुन्।
यस निर्वाचनले संसदको स्थायित्व, बलियो र स्थिर सरकार तथा लोकतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ। विशेष गरी संविधानको समयानुकूल संशोधन र पछिल्लो समयको ‘जेनजी’ आन्दोलनका सकारात्मक भावनाहरूलाई सम्बोधन गर्दै बलियो राष्ट्र निर्माणमा आजको मतदानले ठोस योगदान दिने विश्वास लिइएको उनले स्पष्ट पारेका छन्।
ताप्लेजुङसहित देशभर अहिले उत्साहजनक रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ०९:०७ बिहीबार





