सिरहा क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार बब्लु गुप्ताको जित सुनिश्चित भएको छ।
सिरहा क्षेत्र नम्बर-१ मा रास्वपाका उम्मेदवार बब्लु फराकिलो मतान्तरसहित जित उन्मुख भएका हुन्। कुल ७० हजार ७६५ मत खसेको यस क्षेत्रमा कुल सदर मत ४१ हजार १४४ गन्ती गर्दा रास्वपाका उम्मेदवार बब्लु २५ हजार ३११ मतसहित जित नजिक पुगेका छन्।
उनलाई नेपाली काङ्ग्रेसका रामसुन्दर चौधरीले ५ हजार २७१ मतसहित पछ्याउँदै छन्। बब्लु २० हजार ४० मतले अगाडी छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ २३:३२ शनिबार





