२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कपिलवस्तु-२ मा रास्वपाको जित: पूर्व एसएसपी सिंह थापा निर्वाचित

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्र स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम सिंह थापा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्।

थापाले आचार्यलाई ६ हजार १०८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

यसपटकको निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भए पनि अन्ततः राष्ट्रीय स्वतन्त्र पार्टीका थापा विजयी बनेका छन्। यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विदेश कुमार गुप्ताले २० हजार ४८२ मत पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ २३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App