सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरीले सानदार जित हासिल गरेका छन्। ४२ वर्षीय चौधरी ४७ हजार ४२१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २६ हजारभन्दा बढीको फराकिलो मतान्तरले पछि पारेका छन्।
यस क्षेत्रमा लामो समयदेखि वर्चस्व कायम राख्दै आएका नेपाली कांग्रेसका ७२ वर्षीय पाका नेता विजयकुमार गच्छदार २० हजार ५०१ मतमा सीमित भए। गच्छदारलाई युवा उम्मेदवार चौधरीले भारी मतान्तरले पराजित गरेका हुन्। यस्तै, नेकपा (एमाले) की ५४ वर्षीया उम्मेदवार भगवती चौधरी १५ हजार ०८३ मतसहित तेस्रो स्थानमा खुम्चिएकी छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ २३:४४ शनिबार





