कोशी प्रदेश अन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णकुमार कार्की भारी मतान्तरले विजयी भएका छन्।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार ४० वर्षीय कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २५ हजारभन्दा बढीको फराकिलो अन्तरले पराजित गरे।
कार्कीका मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेकपा (एमाले) का ५९ वर्षीय उम्मेदवार दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत मात्र प्राप्त गरे। यस्तै, नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेताका रूपमा चिनिएका ६८ वर्षीय मिनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत ल्याउँदै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ।
प्रकाशित: २३ फाल्गुन २०८२ २३:२३ शनिबार


-600x400.jpg)


