१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीलाई जिताउन योगेश भट्टराई दमकमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक आइपुगेका छन्। उनी आज ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ आइ पुगेका हुन्।

उनी आए लगत्तै मतदाताहरूसँगको भेटमा सकृय छन्। उनी आज कमल गाउँपालिकमा हुने र्‍याली उद्घाटनका लागि पुग्दै छन्। ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १७ फाल्गुन २०८२ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App