दाङ क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनले देशको विकास एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको उनले बताए। उनीसँगै नेकपाको युवा संगठन वाईसियलका केन्द्रीय सदस्य लिला विक पनि एमालेमा प्रवेश गरेका छन्।
'प्रचण्डको छेपारे प्रवृत्ति'ले कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको उनको भनाइ छ। उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्।
प्रकाशित: २७ माघ २०८२ १६:२२ मंगलबार





-600x400.jpg)