१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

यो पटक भक्तपुर क्षेत्र नं २ मा जित्ने पालो हाम्रोः रमेश बैद्य

नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले आलोपालो जित्दै आएको भक्तपुर क्षेत्र नं २ मा यस पटक नेपाल मजदुर किसान पार्टीको जित्ने पालो भएको पार्टीले दावी गरेको छ । उक्त पार्टीबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार रमेश वैद्यले यो पटक जितको पालो आफूहरुको रहेको दावी गरे ।

स्वतन्त्र पत्रकार संघ भक्तपुरले बिहीबार उनीसँंग गरेको साक्षात्कारमा उनले यो पटक आफूहरुको पालो भएको बताए । पार्टीले दसकौंदेखि भ्रष्टाचारको विरोध गर्दै आएकैको कारण जेनजीको भोट आफूहरुलाई आउने भएको भन्दै वैद्यले यही नै जितको आधार भएको दावी गरे ।  

पार्टीले यो पटक पनि घोषणापत्रमा ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजायँं दिनुपर्ने कुरा उल्लेख गरेको साथै भ्रष्टाचारीहरुको सम्पती राष्टियकरण गर्नुपर्ने कुरा पनि घोषणापत्रमा उल्लेख भएकोले जेन्जीहरुको भोट आफूहरुलाई आउने दावी उनले गरे । यसअघिको प्रदेशसभा निर्वाचनमा झण्डै आठ हजार मत आफूले पाएको र यो पटक त्यसमा थप मत साथै सूर्यविनायक नगरपालिका क्षेत्रको मत सवै जोड्दा आफूले जित्ने दावी उनले गरे । भक्तपुर क्षेत्र नं २ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूयविनायक नगरपालिका गरी दुई वटा नगरपालिकाहरु पर्दछन् ।

यसअघिको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसवीच आलोपालो जित निकाल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले जित निकालेको थियो । त्यसपछि २०५१ सालमा नेपाल मजदुर किसान पार्टीले जित भएको थियो । त्यसपछि २०५६ सालमा फेरि नेपाली कांग्रेसले जितेको थियो । फेरि २०७० सालमा नेपाल मजदुर किसान पार्टीले जितेको थियो । त्यसपछि  एमालेले २०७४ सालमा एक पटक जित निकालेको थियो । त्यसपछि फेरि २०७९ सालमा नेपाली कांग्रेसले जितेको थियो ।

यस क्षेत्रमा २०४८ मा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर थापा, २०७४ सालमा एमालेका महेश वस्नेत र यसअघिको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए । यहाँं कुल ९८ हजार तीन सय ५६ मतदाता रहेका छन् ।  

यस पटक यो क्षेत्रमा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश वस्नेत, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्जालो नेपाल पार्टीबाट जीतमान लामालगायतका उम्मेदबारहरु प्रतिस्पर्धामा छन् ।

यस निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल  र स्वतन्त्र गरी कुल ३२ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् । 

प्रकाशित: ७ फाल्गुन २०८२ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App