२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

संविधान संशोधन प्रतिवेदन लेखनको काम हुँदैछ : संयोजक साह

संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन लेखनको चरणमा काम भइरहेको जानकारी दिएको छ।

कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहले असार मसान्तभित्र प्रतिवेदन तयार गर्ने जानकारी गराएका हुन्। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा उनले भने, ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो काम गरिराखेको छ। असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने हाम्रो कार्यक्रम छ।’

उनले अगाडि भने, ‘हामीले विभिन्न सरोकारवाला निकाय र संविधानविद्हरूसँग छलफल गर्‍यौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिराखेका छौँ र अब प्रतिवेदन लेखनको चरणमा आइपुगेका छौँ। प्रतिवेदन तयार भएपछि हामी जानकारी दिनेछौँ।’

प्रकाशित: २० असार २०८३ १७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App