युवा नेतृ मानुषि यमी भट्टराईले राजनीतिमा महिलाहरूको संख्यात्मक उपस्थिति बढेको बताएकी छन् । नागरिकले चलाएको ‘म नागरिक म बनाउँछु नेपाल’को पहिलो अंकमा वक्ताका रुपमा सहभागी भट्टराईले महिलाको संख्यात्मक उपस्थितिलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन ।
उनले भनिन्, ‘राजनीतिमा महिलाहरूको संख्यात्मक उपस्थिति बढेको छ। विशेषगरी संविधानमै ३३ प्रतिशतको व्यवस्था गरिएपछि समानुपातिकबाट भए पनि महिलाहरूले मौका पाएका छन् । तर, गुणात्मक प्रतिनिधित्व हुन सकेको छैन।’
नेपालको खर्चिलो निर्वाचन प्रणालीले पनि महिला प्रत्यक्ष उम्मेदवार बन्न डराएको बताइन । उनले भनिन्, ‘प्रत्यक्ष चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आट गर्दैनन्। कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई गाह्रो पारिरहेको छ।’
प्रकाशित: १८ माघ २०८२ १९:४३ आइतबार


