१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रेमिट्यान्स पठाउनेको भोट पनि चल्नु पर्छ : रन्जु दर्शना

विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व भएको बताएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै रन्जुले यस्तो बताएकी हुन्। उनले भनेकी छन्, '२०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व हो।'

साथै उनले नोट चल्छ भने भोट पनि चल्नु पर्ने धारणा व्यक्त गरेकी छन्। 'नोट चल्छ भने भोट पनि चल्नु पर्छ। नो इफ नो बट!’ उनले लेखेकी छन्।

प्रकाशित: ४ श्रावण २०८२ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App