९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ ।  

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १८ गते आइतबार दिनको १:०० बजे प्रदेशसभा बैठक बस्ने गरी अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

यसअघि छैटौँ अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो ।

प्रकाशित: ९ माघ २०८२ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App