नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति थापाले आज पदवहाली पनि गरेका छन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बैठक चलिरहेको छ।
नवनिर्वाचित पार्टी सभापति गगन थापा कार्यालय प्रवेश गर्दा ‘अबकी बार गगन सरकार’ भन्ने नारा लगाइएको प्रतिमा गौतमले जानकारी दिइन्।
उनका अनुसार आजको बैठकले कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवारमा सभापति थापालाई तोकेर जानेसहितका निर्णय गर्नेछ।
प्रकाशित: ९ माघ २०८२ १५:०२ शुक्रबार





