१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘राष्ट्र र राष्ट्रियताका पक्षमा बोल्दा किन ओलीको विरोध ?’

फाइल तस्बिर

नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरीले केपी ओली राष्ट्रबादी नेता भएकै कारण चौतर्फी आक्रमण भएको आरोप लगाएका छन् ।  

मोदी गाउँपालिकाको गाउँ कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीले राष्ट्रियताको पक्षमा खरो उत्रँदा प्रधानमन्त्री भएको बेला एमाले अध्यक्ष ओलीमाथि चौतर्फी आक्रमण भएको बताए ।  

राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा भारत, चीन र अमेरिका पनि खुशी नभएको बेला आन्तरिक शक्तिले समेत ओलीको विरोध गरिरहेको आरोप गिरीको छ ।  

उमेर समूहले जायज माग राखेको बेला देशमा अराजकता मच्चाउने शक्ति केन्द्रले देशलाई अस्तब्यस्त बनाएको बताउँदै गिरीले देशलाई सही निकास दिन एमाले नै निर्णायक शक्ति हुने दावी गरे । देशमा भईरहेको कुशासनको अन्त्य हुनुपर्ने बताउँदै उनले सुशासनको पक्षमा भएको आन्दोलनलाई जवरजस्ती अन्तै मोडिएको बताए ।  

भ्रष्टाचारको अन्त्यको आवाज उठाएका युवा पुस्ताकोको मागमा एमालेको समेत समर्थन रहेको भन्दै गिरीले सबै मिलेर देशलाई भ्रष्टाचारसहित बनाउनुपर्ने बताए । 

प्रकाशित: २१ कार्तिक २०८२ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App