२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

धवल शमशेर गएको कार्यक्रममा किन गएनन् दुर्गा प्रसाईं ?

एउटै मोर्चामा गोलबद्ध भएपछि नेता धवल शमशेर राणा सहभागी भएको पत्रकार सम्मेलनमा दुर्गा प्रसाईं  सहभागी नभएपछि सञ्चारकर्मीले मनमुटाव भएको हो भन्ने प्रश्न गरेका छन् । शमशेरले आज पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक अधिकार कुण्ठित बनाए आन्दोलनको चेतावनी दिएका थिए । उनले सरकारले नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै उनले यस्तो कानुन ल्याइए नेपाली जनता चुप लागेर नबस्ने दाबी गरे।

यत्ति भन्दै उनले दुर्गा प्रसाईं कार्यक्रममा अनुपस्थित रहेको विषयमा कुनै मनमुटाव नरहेको स्पष्ट पारे । उनले भने, ‘उहाँ सुकुम्बासीहरूसँगको कार्यक्रममा जानुभएको हो। हामीबीच कुनै मतभेद छैन, एउटै एजेन्डामा छौं।’

राणाले विभिन्न राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गरेर नयाँ पार्टी गठनको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पार्टी यसै महिनाभित्र दर्ता गरिनेछ भने अर्को महिनामा औपचारिक घोषणा सभा आयोजना गरिनेछ। स्थानीय तहको निर्वाचनमा बलियो रूपमा सहभागी हुने तयारीसमेत भइरहेको उनले बताए।

प्रधानमन्त्रीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरे आफूहरूले स्वागत गर्ने भए पनि वर्तमान सरकार संघीय गणतन्त्रकै पक्षमा रहेको देखिएको उनको टिप्पणी थियो ।  

‘राजतन्त्र र हिन्दु राष्ट्र कायम गरिए हामी स्वागत गर्छौं। तर अहिले सरकारका गतिविधि हेर्दा त्यस्तो संकेत देखिँदैन,’ उनले भने ।  

राणाले देशभरका राष्ट्रवादी, राजावादी र हिन्दुवादी नागरिकलाई निर्माणाधीन नयाँ पार्टीमा आबद्ध हुन आग्रह गर्दै यसलाई व्यक्तिको नभई विचारको पार्टी बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताए।

 

प्रकाशित: १९ असार २०८३ १७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App