निवर्तमान शिक्षा मन्त्री रघुजी पन्तले जेन-जी प्रदर्शनको दिन आफूहरूले कुनै क्षति नहोस् भनेर कामना गर्दै बसेको बताएका छन् ।
नागरिक दैनिकको प्रस्तुती नागरिक फन्टलाइनमा कुराकानी गर्दै पन्तले प्रदर्शनले उग्र रुप लिएपछि आफूहरू बाहिर ननिस्किएको र दिनभर तनावका बीच बिताएको अनुभव सुनाए ।
उनले भने, ‘प्रदर्शनको खबरसँगै तपाईंहरू बाहिर ननिस्कनु भन्ने खबर पीएसओहरूबाट थाहा पायौँ । त्यो दिनभर नै रह्यो । हामी आफूहरू सुरक्षित बस्दै गर्दा कसैको ज्यान केही नहोस् भन्ने कामना गरिरह्यौँ । तर नागरिकको मृत्यु भएको खबर सुनेपछि हामी भावुक पनि भयौँ ।’
सोही दिन मन्त्रिपरिषद बोलाइएको र मन्त्रिपरिषदमा सहभागी हुन पनि निक्कै सकसपूर्ण अवस्थामा बालुवाटार पुगेको अनुभव उनले सुनाए । ‘बेलुकातिर क्याविनेटको बैठक भन्ने म्यासेज आयो । कसरी जाने भन्ने अन्यौलका बीच मन्त्रीको गाडीमा जान सक्ने अवस्था नभएपछि अर्को गाडी खोजेर बालुवाटार पुगेँ । तर बालुवाटार पुग्दा अरु मन्त्रीहरू आइपुग्न बाँकी नै थियो ।’
नागरिक न्यूजको फेसबुक पेजबाट पन्तसँगको कुराकानी तपाईंले प्रत्यक्ष सुन्न सक्नुहुनेछ ।
प्रकाशित: ६ आश्विन २०८२ १५:०० सोमबार





