२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारमा जाने कि जनतासँग यी दुई विचारका पार्टीमात्र छन्: सुवाल

नेपाल मजदुर किसान पार्टीका सचिव भक्तपुर-१ का उम्मेदवार प्रेम सुवालले अहिलेको निर्वाचन मुख्य दुई वटा मात्रै पार्टी रहेको दाबी गरेका छन् । अहिले घरघर, टोलटोल, ठाउँठाउँमा फरकफरक नामका पार्टी र झण्डा बोकेर निर्वाचनमा भोट माग्न आउने गरे पनि निर्वाचनपछि प्रधानमन्त्री, मन्त्री पद खान हुने/नहुने गठबन्धन गर्ने र निर्वाचन जिते पनि सरकारमा नगई जनताकै सेवामा रहने गरी बस्ने दुई वटा विचार बोक्ने पार्टी मात्रै रहेको दावी गरे ।

शनिबार भक्तपुरमा आयोजित सभामा उनले आफूहरु जितेर गए पनि मन्त्री, प्रधानमन्त्री बन्ने होडमा नभई जनताकै बीचमा रहने प्रतिवद्धता जनाए । यही कारण आफूहरुले घोषणापत्रमै सरकारमा नगई प्रखर प्रतिपक्षमा रहने बाचा जनतामा गरेको उनले स्मरण गरे ।

त्यही कारण अहिले जनतामा फरकफरक नामका पार्टी र झण्डा लिएर भोट माग्न आए पनि सारमा उनीहरु सवै एउटै पार्टी भएको बरु मात्र नाम र झण्डा मात्रै फरक रहेको उनको भनाइ छ ।  

 

प्रकाशित: १६ फाल्गुन २०८२ २०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App