राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले पार्टीको जारी पहिलो राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
चितवनको भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले परिणामको चिन्ता नगरी आफू पार्टीको सांगठनिक नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने बताएका हुन्।
पार्टीमा व्यवस्थापकीय कौशल र अनुभव भएको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै झाले आफूलाई महाधिवेशन प्रतिनिधिहरूले समेत सो पदका लागि प्रोत्साहित गरिरहेको दाबी गरे।
‘मन्त्री भएन, अब महामन्त्री बनाउँछौँ भन्दै प्रतिनिधिहरूले उत्साह थप्नुभएको छ,’ झाले भने, ‘यो पद ठुलो जिम्मेवारी र चुनौती पनि हो, त्यसैले म मानसिक रूपमा तयार भइसकेको छु। अब परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु।’
प्रकाशित: ८ असार २०८३ १५:४५ सोमबार





-600x400.jpg)