२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

मेरो अन्तिम इच्छा के हो, २१ गते मतपत्रमा देखाइदिनुहोला: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि घेराबन्दी गर्नेहरूलाई आगामी २१ गते हुने निर्वाचनको मतपत्रमार्फत जवाफ दिन आम मतदातालाई आग्रह गरेका छन्।

शुक्रबार चितवनमा आयोजित परिवर्तनको उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई सिध्याउन खोज्ने र अन्तिम इच्छा सोध्नेहरूलाई चितवनका जनताले मतपत्रबाट जवाफ दिने बताएका हुन्।

उनले भने, ‘मलाई धेरै नबोल, तीखो नबोल, चर्को नबोल भन्छन्। तर म रवि लामिछाने हुँ, अलिअलि नघोची हुँदैन। ममाथि प्रमाण छ भनिएको आज ६५८ दिन भएछ, खै त प्रमाण ?’ उनले प्रमाणको रटान लगाउनेहरूलाई समयले आफैँ जवाफ दिएको बताए।

लामिछानेले आफूलाई अन्तिम इच्छा सोधिएको प्रसंग कोट्याए। उनले भने, ‘मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ। मेरो बेडरुमभित्र छिरेर बुट बजार्दै मलाई सोधिएको थियो, तेरो अन्तिम इच्छा के हो ?’

उनले उपस्थित जनसागरलाई भने, ‘आज म चितवनबाट भन्न चाहन्छु, मेरो अन्तिम इच्छा के हो, २१ गते मतपत्रमा देखाइदिनुहोला।’

उनले विरोधीहरूले जतिसुकै खेदो खने पनि जनताको साथ रहेसम्म आफू नडगमगाउने बताए।

प्रकाशित: १५ फाल्गुन २०८२ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App