२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ

नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयमा पदवहालीका क्रममा आज उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको बताए ।

मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईँले भने , “कर्णाली प्रदेशमा हालै स्थापना गरिएको कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्ज सञ्चालनका लागि कार्यालय तत्काल व्यस्थापन गर्नुपर्नेछ ।”

उनले परिवर्तनलाई संस्थागत गर्न सरकारका प्रयासमा सबैको योगदानको आवश्यकता  औँल्याए । वर्तमान सरकार छोटो समयावधिका लागि निर्वाचनको मुख्य कार्यभार गर्ने म्याण्डेटका लागि गठन भएको भए पनि जेनजी आन्दोलनका माग सम्बोधन र आन्दोलनका भावनाअनुसार काम गर्दै आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै नियुक्त भएका मन्त्री चौलागाईँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात सिंहदरबारस्थित वन मन्त्रालयमा पदवहाली गरेका हुन्।

प्रकाशित: २६ मंसिर २०८२ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App