२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

शानदार ढंगले जित्छौं, सांसद बन्नेमा ढुक्क छु: महेश

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नम्बर-२ का उम्मेदवार महेश बस्नेतले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

बिहीबार मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ३० हजारभन्दा बढी मत प्राप्त हुने जिकिर गरेका हुन्।

बस्नेतले भक्तपुरमा एमालेको प्रतिस्पर्धी दलभन्दा दोब्बर मत आउने बताए। उनले भने, ‘हामी शानदार ढंगले जित्छौं। दोस्रो हुने दलभन्दा हामी डबल मतले अगाडि हुन्छौं। हाम्रो ३० हजारभन्दा बढी भोट कट्छ।’

सञ्चारकर्मीले दाबी नमिले के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा उनले भक्तपुरका जनता विकास र समृद्धिको पक्षमा रहेको औंल्याए। अन्य दलले जतिसुकै प्रभाव पार्न खोजे पनि नतिजा एमालेकै पक्षमा आउने उनको भनाइ थियो।

उनले भने, ‘जतिसुकै भोजभतेर खाए पनि भोट हाल्दा जनताले विकास हेर्छन्। भक्तपुरको विकास र समृद्धिको पक्षमा यहाँका जनता छन्। त्यसैले म सांसद बन्ने कुरामा शतप्रतिशत ढुक्क भए हुन्छ।’

बस्नेतले मतदाता सचेत भइसकेकाले नतिजा आफ्नो पक्षमा आउने कुरामा कुनै शंका नरहेको प्रस्ट पारेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App