नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टी विभाजन भएकै कारण चुनाव सार्न कांग्रेसले माग नगर्ने बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै लेखकले यस्तो बताएका हुन्।
‘निर्वाचन हुनुहुँदैन भन्ने पक्ष हाम्रो हुँदैन। हामी हामीलाई अप्ठेरो प¥यो, हेरिदिनुस् भन्दैनौँ,’ नेता लेखकले भने,‘हामी हाम्रा कानुनी पक्ष राजनीतिक पक्ष राखौँला। यहाँनेर जस्तो आधिकारिताको कुरा, त्यसमा द्विविधा भएन। तर अन्य कारणले चुनाव सार्ने भन्ने हुन्न।’
प्रकाशित: ३० पुस २०८२ २०:१७ बुधबार





