३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउँछौँ : महेश बस्नेत

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने बताएका छन्।

आउँदो २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता माझ पुग्न मध्यपुरथिमि क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उनले मध्यपुरथिमिमा तीन वर्षदेखि रोकिएको विकासका कामलाई अगाडि बढाउने बताए।  

मध्यपरथिमि नगरपालिकाको मेयरमा एमालेले विजयी गरेपश्चात यहाँको कला, संस्कृति, ऐतिहासिक धरोहर र सम्पदाको संरषक्ष, पुनर्निर्माण गरी यहाँका जनताका सम्पत्तिसँग, उनीहरूका आयआर्जन र रोजगारीसँग जोड्ने कार्य गरेको स्मरण गरे।

तत्कालीन नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाले प्रदेश र संघीय सरकारसंगको समन्वयमा यहाँको कला, संस्कृति र सम्पदालाई उद्योसँग जोड्ने सुरुवात गरेको बताउँदै कला र संस्कृतिलाई उद्योग र व्यवसायसँग जोडेर लगेको स्मरण गरे।

भूकम्पपछि भत्किएका सम्पूर्ण भैतिक तथा अभौतिक सम्पदाहरू पुनर्निर्माण गर्न तत्कालीन सरकारले एक अर्ब बजेट यहाँको कला, सम्पदा र संस्कृति जोगाउन बजेट खर्चिएको बताउँदै उनले नगरपालिकाले पनि मूल श्रोतलाई केन्द्रीकृत गर्दै दुई पाखरी, कमल पोखरी जस्ता यहाँका पाखेरी, फल्चा, मन्दिरलगायतको सम्पदाको संरक्षण गरेको बताए।  

उनले जातीय संग्रहालयका रूपमा विकास गर्ने लक्ष्य र लाइभ म्युजियमको रूपमा यहाँको सम्पदा, कलालाई जोड्ने अभियान पनि तीन वर्षदेखि रोकिएको भन्दै त्यसलाई पूरा गर्न लाग्ने बताए।

यहाँ निर्माण भएका माटोका भाडा, काष्ठ कला, धातु कलालाई पर्यटकका अगाडि निर्माण गरी बिक्री गर्ने गरी लाइभ म्युजियम निर्माण गर्ने कार्य अब पूरा गर्ने भन्दै यहाँको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउने बताए।

मध्यपुरथिमिको श्रम र सीपलाई युवाहरूलाई रोजगारी सृजना गर्ने, कृषि पर्यटनको समेत विकास गर्ने, युवाको सीपलाई उद्योगसंग जोड्न, २० लाख बिनाधितो ऋण दिएर व्यवसाय विस्तार गर्ने बताउँदै माटोको भाडा बनाउन समस्याको रूपमा रहेको माटोको व्यवस्थापन भक्तपुरबाटै गर्न खोजी भइरहेको बताए।

प्रकाशित: १० फाल्गुन २०८२ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App