१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

कमजोर भएका छैनौँ, उठेर प्रतिक्रियावादी शक्तिलाई परास्त गर्छौँ: ‌ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्ता प्रवृत्तिलाई परास्त गर्ने बताएका छन्।

मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफ्नो राजनीतिक धार र शक्ति समाप्त नभएको उल्लेख गर्दै आफूहरू पुनः संगठित र सशक्त रूपमा अगाडि बढ्ने दाबी गरे।

उनले अहिले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै चुनौतीका बीचबाट पुनः उठेर अग्रगामी परिवर्तनको दिशामा अघि बढ्ने बताए। उनका अनुसार राजनीतिक रूपमा दबाब र अवरोधहरू आए पनि त्यसलाई पार गर्दै अघि बढ्ने क्षमता आफ्नो पक्षसँग रहेको छ।

ओलीले वर्तमान सरकारका गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरे। असंवैधानिक ढङ्गबाट संसद् विघटन गरी निर्वाचनतर्फ गएको प्रसङ्ग स्मरण गर्दै त्यसबेला आफूले निर्वाचन रोक्नुपर्ने पक्षमा धारणा राखेको बताए।

उनले त्यस समयमा राजनीतिक दलहरूबीच साझा दृष्टिकोण बन्न नसकेको टिप्पणी गर्दै उक्त निर्वाचन वामपन्थी तथा लोकतान्त्रिक शक्तिका पक्षमा नरहेको दाबी गरे। ओलीका अनुसार अहिले पनि प्रतिगमनको प्रवृत्ति जारी रहेको भन्दै त्यसविरुद्ध राजनीतिक रूपमा सजग रहन आवश्यक छ।

प्रकाशित: १४ असार २०८३ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App