१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

हामी सरकारमा जाँदैनौँ: हर्क

फाइल।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा नजाने बताएका छन्।

मंगलबार संचारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरुलाई सरकारमा जान जनताले म्यान्डेट नदिएको सुनाए। 

‘जनताले हामीलाई सरकारमा जाने म्याडेट दिएका छैनन्। प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएका छन्। हामी सोही म्यान्डेट अनुसार काम गर्छाैं।’ उनले भने। 

सञ्चारकर्मीले देशका लागि राम्रो काम गर्न रास्वपाले सरकारमा बोलाए सहभागि हुने कि नहुने भनी राखेको जिज्ञासामा उनले सरकारमा सहभागी नहुने स्पष्ट पारे।

राम्रो काम गर्नेलाई श्रम संस्कृति पार्टीको सधैँ साथ र सहयोग हुने उनले बताए। ‘हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ।’ उनले सुनाए।

प्रकाशित: १० चैत्र २०८२ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App