२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

फागुन २१ भित्र चुनाव गर्न प्रतिबद्ध छाैं: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने मुख्य लक्ष्यका साथ आफ्नो अन्तरिम सरकारले काम गरिरहेको बताएकी छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ६ महिनाभित्र निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै निर्वाचनका लागि आवश्यक जनशक्ति, बजेट, सामग्री र सुरक्षाको तयारी सुरु भइसकेको बताइन्।

उनले १८ वर्षका जेनजी युवा पुस्तालाई मताधिकार प्रदान गर्न र मतदाता नामावली अद्यावधिक गर्न अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरिसकिएको जानकारी दिइन्।

साथै, विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मतदानमा सहभागी गराउने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको उनले उल्लेख गरिन्।

‘स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले देशैभर शान्तिपूर्ण वातावरण कायम राख्न सबैलाई आग्रह गरेकी छन्।

उनले ६ महिने चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्वीकार गर्दै आफ्नो मुख्य ध्यान निर्वाचन सम्पन्न गराउनमा केन्द्रित हुने स्पष्ट पारिन्।

प्रकाशित: ९ आश्विन २०८२ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App