३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

कतारको औपचारिक भ्रमणमा जाँदै उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव  कतार राज्यको औपचारिक भ्रमणमा जान लागेका छन्।

उनी १४ देखि १६ जुलाई २०२६ सम्म कतार राज्यको औपचारिक भ्रमणमा जान लागेका हुन्। उनले पिता अमिर शेख हमद बिन खलिफा अल थानीको दुखद निधनमा कतारी नेतृत्वप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेका छन्।

उपराष्ट्रपतिले १५ जुलाई २०२६ मा कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ।

उपराष्ट्रपतिसँगै उच्च पदस्थ सरकारी अधिकारीहरू पनि उपस्थित हुनेछन्।

उपराष्ट्रपति १६ जुलाई २०२६ मा काठमाडौं फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३० असार २०८३ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App