२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

आफ्नो भाषण नसुनी हिँडेका दाहाललाई झलनाथको ३ बुँदे खबरदारी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय हितसँग जोडिएका विषयमा विपक्षी दलका नेता पुष्पकमल दाहाललाई खबरदारी गरेका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य सुरु हुनुअघि नै दाहाल कार्यक्रमबाट बाहिरिएपछि नेता खनालले आक्रोश र व्यंग्य मिश्रित शैलीमा पत्रकारहरूमार्फत नै दाहाललाई सन्देश पठाएका हुन्।

उनले भारत र चीनसँग सन्तुलन नमिसाई सुपुर्दगी सन्धि गरिए त्यसले राष्ट्रियतामाथि हमला गर्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे। त्यसका लागि नेपालका सबै देशभभक्तहरु सचेत हुन जरुरी रहेको भन्दै खनालले विपक्षी नेता भएकाले दाहालको सतर्कताको लागि आह्वान गरे।

खनालले दोस्रो खबरदारी रुवरुप बाबुको नाम अनिवार्य नहुने प्रावधानले उत्तरतर्फबाट आएका हजारौँलाई नागरिकता दिलाउने षड्यन्त्र हुनसक्ने भन्दै उनले यसमा गम्भीर बन्न ध्यानाकर्षण गराए।

साथै, विगतका कोशी, गण्डकजस्ता असमान सम्झौता नदोहोऱ्याउन र राष्ट्रिय हित सुनिश्चित गरेर मात्रै अघि बढ्न उनले दाहाललाई सुझाए।

प्रकाशित: १० श्रावण २०८२ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App