६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय विध्वंशपछि एमालेले प्रदेशस्तरीय वितण्डा सुरु गर्यो : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा राष्ट्रिय विध्वंशपछि एमालेले प्रदेशस्तरीय वितण्डा सुरु गरेको बताएका छन्। मधेस प्रदेशका मुख्यमन्त्रीलाई होटलमा शपथ गराउने प्रदेश प्रमुखको कार्यको निन्दा गर्दै बस्नेतले उक्त आरोप लगाएका हुन्।

बस्नेतले भने, ‘तत्कालीन नेकपा एमाले नेतृत्व सरकारको अकर्मण्यताले मुलुकमा विध्वंश भयो। जनधनको अपुरणीय क्षती हुँदा सरकारको नेतृत्वकर्ता दल र त्यसको नेतृत्वले नैतिक जिम्मेवारीसमेत लिएको देखिएन। उल्टै आन्दोलनलाई अपराधीकरण गर्न उद्दत छन्। हुँदाहुँदा प्रदेशमा समेत एमालेले आफ्नो चरित्र उदाङ्गो पारी छाड्यो।’

मधेसका मुख्यमन्त्रीको छलकपटपूर्ण तरिकाले शपथ गराउने कार्यमा नेकपा एमालेको नेतृत्व जिम्मेवार भएको उनको ठहर छ। यति गम्भीर विषयको निर्णय एमालेको नेतृत्वको सहमतिविना हुन सम्भव नभएको उनी बताउँछन्।

एमालेको उक्त रबैया अलोकतान्त्रिक, सङ्घीयता र गणतन्त्रमाथिको गभ्भीर प्रहार भएको भन्दै, बस्नेतले भने, ‘एमाले बरु सक्किने तर नसच्चिने भइसकेछ।’ 

संवैधानिक पदमा बसेका प्रदेश प्रमुखको उक्त कार्य अमर्यादित र गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ छ।

प्रकाशित: २५ कार्तिक २०८२ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App