३० कार्तिक २०८२ आइतबार
image/svg+xml ८:३१ पूर्वाह्न
राजनीति

एमाले बैठक: केन्द्रीय सदस्यहरूले राखे पूर्वराष्ट्रपति राजनीतिमा फर्किन नहुने धारणा

एमालेको केन्द्रीय कमिटी बैठक। तस्बिर: केपी शर्मा ओलीको सचिवालय।

नेकपा (एमाले)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्न थालेका छन्। केन्द्रीय सदस्यहरूले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन्।

अहिलेसम्म बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन्।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्यूरोलेबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन्। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय सदस्य केदार सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नहुने धारणा राखेका छन्।

यस्तै अर्का केन्द्रीय सदस्य राजीव पहारीले एघारौं महाधिवेशनबाट पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउन आह्वान गरे। मिसन-०८४ मा ओलीकै नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनुपर्ने उनले बताए।

आफ्नो धारणा राख्नका लागि केन्द्रीय सदस्यहरूलाई तीन मिनेटको समय निर्धारण गरिएको छ। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोसो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा सम्बोधन गरेका छन्। उपाध्यक्ष एवम् विधान संशोधन समिति संयोजक विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तव प्रस्तुत गरेका छन्। महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पारेका छन्।

प्रकाशित: ५ श्रावण २०८२ १७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App