६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको एकताबद्ध मोर्चा : असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रदर्शनदेखि ११औँ महाधिवेशनसम्म

नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टी एकताबद्ध रूपमा आफ्नो एजेन्डामा अघि बढेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले असंवैधानिक कदमका विरुद्ध देशव्यापी व्यापक जनपरिचालन र ११औँ महाधिवेशनलाई मुख्य मोर्चा बनाएको उल्लेख गरेका छन्।  

‘नेकपा (एमाले) एकताबद्ध रूपमा आफ्नो एजेन्डामा अघि बढेको छ-असंवैधानिक कदमका विरुद्धमा देशव्यापी व्यापक जनपरिचालन र ११औँ महाधिवेशन। हाम्रो अहिलेका मोर्चा यिनै हुन्। एकताबद्ध, सृदृढ र प्रभावकारी परिचालन र जनताका बीचको सक्रिय उपस्थितिबाट लोकप्रियतावादको क्षणिक उत्तेजनालाई सजिलै परास्त गर्न सकिन्छ,’ रिजालले लेखेका छन्।  

उनले आगामी कार्यक्रमको तालिका पनि सार्वजनिक गरेका छन्। कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन, कात्तिक २५ गते पालिका तहमा जनप्रदर्शन, कात्तिक २९ गते जिल्ला सदरमुकामहरूमा जनप्रदर्शन र मंसिर ६ गते राजधानी काठमाडौँमा जनप्रदर्शन आयोजना गर्ने योजना छ।  

यसैगरी, महाधिवेशन तयारीको सन्दर्भमा मंसिर १३ गते महाधिवेशन प्रतिनिधि चयन, मंसिर १५ गतेसम्म केन्द्रीय कार्यालयमा अभिलेखीकरण र मंसिर २७–२९ गते काठमाडौँमा ११औँ महाधिवेशन हुने उल्लेख गरेका छन्।

प्रकाशित: २१ कार्तिक २०८२ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App