सुदूरपश्चिम प्रदेशमा बझाङबाट नेकपा एमालेका ऐन महर विजयी भएका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङबाट महर १८ हजार ५ सय ४३ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी प्रकाश रसाईली स्नेहीले १६ हजार ३ सय ४ मत प्राप्त गरेका छन्।
महर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज हुन्। सुदूरपश्चिम प्रदेशमा १६ निर्वाचन क्षेत्र रहेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १०:३६ शनिबार





