२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

सर्लाही-४ः अमरेशको अग्रता कायमै, गगन पाँच हजार मतले पछाडि

सर्लाही क्षेत्र नम्बर-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले १४ हजार ४३४ मत प्राप्त गरेका छन्।

उनका निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गगन थापा ५हजार ९७२ मतान्तरले पछाडि छन्। थापाले ८ हजार ४६२ मत पाएका छन्।

त्यसैगरी, यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले २ हजार २६१ मत पाउँदा नेकपाका रजनिश रायले ६५६ मत पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App