२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

चितवन-३ मा सोविताको अग्रता फराकिलो बन्दै, रेनु २८ हजार मतले पछि

चितवन निर्वाचन क्षेत्र नम्बर ३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।

पछिल्लो मतगणना अनुसार सोविता २८ हजार ५४८ मतान्तरले अगाडि छन्। उनले ४५ हजार ३९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले १६ हजार ८४८ मत प्राप्त गरेकी छिन्।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ६ हजार ९४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ४ हजार ११६ मत पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App