१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले प्रत्यक्ष उम्मेदवार छनोटमा समानुपातिकको विवाद

नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि बिहीबारबाट उम्मेदवार छान्न सुरु गरेको छ। त्यसक्रममा समानु्पातिका उम्मेदवार छनोटप्रति असन्तुष्टि पैदा भएको छ। बिहीबारबाट एउटा मात्रै क्षेत्र भएका जिल्लाबाट उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा समानुपातिकको विवाद उत्पन्न भएको हो।

समानुपातिक उम्मेदवार छनोट गर्दा पटकपटक अवसर पाएकालाई प्राथमिकतामा राखिएको गुनासा आएका छन्। ११आंै महाधिवेशनपछि युवा केन्द्रीय समितिमा पुगे पनि समानुपातिक सूचीमा भने विगतमा अवसर पाएकालाई नै प्राथमिकतामा राखिएको छ। यसले गर्दा एमालेले अहिले पनि परिवर्तनको मर्मलाई बेवास्ता गरेको देखिन्छ।

निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकको सूचीअनुसार एमालेका एक सय १० जनाको समानुपातिकमा चार पूर्वमन्त्रीसहित ११ पूर्वसांसदले दोहो¥याउने अवसर पाएका छन्।

पार्टीमा ओलीपछिको वरीयतामा उपाध्यक्ष रहेका रामबहादुर थापा २०६४ सालमा प्रतिनिधिसभा र २०७४ पछि राष्ट्रियसभामा निर्वाचित सांसद हुन्। उनी २०६४ पछि तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रक्षामन्त्री तथा २०७४ पछि केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए। ११औं महाधिवेशन र त्यसपछिका दिनमा उनले ओली पक्षको वकालत गर्दै आएका थिए। साथै उनकी पत्नी नैनकला थापा पनि एकपटक मन्त्री र सांसद भइसकेकी छन्। माओवादी छाडेर ओलीलाई साथ दिएबापत उनले पटकपटक अवसर पाउँदै आएका छन्।

एमाले उपाध्यक्ष थापालाई आदिवासी जनजातिको पहिलो नम्बरमा राखिएको छ। यसबाट आदिवासी जनजातिको नै बेइज्जत भएको टिप्पणी एमाले नेता गोकुल बाँस्कोटाले गरेका छन्। थापा राष्ट्रियसभामा सांसद हुनबाट फुत्किएपछि अहिले सामानुपातिक सांसदको पहिलो नम्बरमा छन्।

त्यस्तै सचिव पद्मा अर्याल २०७४ मा निर्वाचित सांसद तथा त्यसलगत्तै ओली नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री थिइन्। उनलाई ११औं महाधिवेशनमाको संघारमा प्रचारको जिम्मा दिइएको थियो।

त्यस्तै जितबहादुर दर्जी पूर्वराज्यमन्त्री तथा नरदेवी पुन २०७४ पछि गण्डकी प्रदेश सरकारमा प्रदेशमन्त्री थिइन्। उनीहरू एमालेभित्र पटकपटक अवसर पाउने नेताहरू हुन्। पूर्वउपाध्यक्ष गुरुप्रसाद बराल पनि २०५१ का निर्वाचित सांसद हुन्।

त्यस्तै समानुपातिक सांसदमा समावेश गरिएका निरुदेवी पाल, कोमल वली, उषाकला राई र शान्ता चौधरीले २०७४ सालपछि एकपटक समानुपातिक सांसदमा अवसर पाइसकेका थिए। त्यस्तै विषमलाल अधिकारी दनुवार र गोरखबहादुर बोगटी पनि प्रत्यक्षतर्फबाट निर्वाचित भइसकेका पूर्वसांसद हुन्।

पहिले नै मन्त्री र सांसद बनेर अवसर पाइसकेका केहीलाई पुनः समानुपातिकमा अवसर दिए पनि यसपटक नातागोता र आफन्तलाई एमालेले सूचीमा समेटेको छैन। एमालेको निर्वाचन आयोगले संसद्मा प्रभावकारी भूमिका खेल्न सक्ने अत्यावश्यकबाहेक कसैलाई पनि नदोहो¥याएको र ९० प्रतिशतभन्दा बढी नयाँलाई अवसर दिइएको जनाएको छ। ती ११ जनालाई पार्टी काममा खटाएर उनीहरूभन्दा संसद्मा अब्बल प्रस्तुति दिन सक्ने युवालाई समेटेको भए पार्टीमा राम्रो सन्देश जाने विषयलाई एमालेले ध्यान दिन नसकेको भन्दै पार्टी पंक्तिमा व्यापक गुनासो बढेको छ।

खस आर्य

पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एन्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एसुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द, गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी

आदिवासी जनजाति

भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल (सौका), प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ

मधेसी

रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बबिता दास, आशा यादव, चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह

दलित

विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अन्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी, सावित्रा घिमिरे, जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली

थारू

मन्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी, असरादेवी चौधरी, कृपाराम राना, शिवप्रसाद चौधरी, जजिरप्रसाद चौधरी

मुस्लिम

साजिदा खातुन सिद्धिकी, रुही नाज, रोजीरन खातुन, मोहम्मद हारुन हलवाई, एकवाल मियाँ

प्रकाशित: १८ पुस २०८२ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App