१५ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

एमाले प्रदेश कमिटीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग, ओलीलाई चेक हस्तान्तरण

नेकपा (एमाले) बागमति प्रदेश कमिटीले बाढीपीडित नागरिकहरूको सहयोगार्थ पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा बागमति प्रदेश कमिटीका तर्फबाट अध्यक्ष ओलीलाई दस लाखको चेक हस्तान्तरण गरिएको हो।

‍रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कमिटीले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८३ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App