रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।
पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताए।
रसुवा बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नं ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उनले बताए। यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ। विपदमा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताए।
प्रकाशित: १५ भाद्र २०८३ १२:४२ सोमबार





