२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति, दुई प्रदेशमा थप परामर्श हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकलम दाहालले हस्ताक्षर गरेको सहमतिपत्रअनुसार प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँट तथा राजनीतिक सहकार्यका विषयमा साझा समझदारी भएको हो।

सहमतिपत्रमा विगतमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था तथा अनावश्यक राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै जनचाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र द्रुत विकासलाई अघि बढाउने उद्देश्यले सहमति गरिएको उल्लेख छ।

सहमतिअनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्।

प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ।

यस्तै, मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: ९ श्रावण २०८३ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App