३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

थुनामुक्त भए एमाले नेता लक्ष्‍मी महतो कोइरी

नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।

बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएपछि उनी जलेश्वर कारागारबाट मुक्त भएका हुन्।

न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसला भएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।

सर्वोच्च अदालतले गत १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै त्यसका आधारमा भएको थुना वैधानिक नरहेको ठहर गरेको छ। सोही आधारमा अदालतले कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।

 

प्रकाशित: ३२ असार २०८३ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App