४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

एमाले कसैको सहारामा उभिने ‘लहरो’ होइन, आफैंमा बलियो ‘वृक्ष’ हो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अरू कसैको सहारामा मात्र उभिने ‘लहरो’ नभएको बताएका छन्।

एमाले आफ्नै बलमा हुर्किएको र अनेकौं राजनीतिक उतारचढाव सामना गरेर स्थापित भएको एक स्वतन्त्र ‘वृक्ष’ भएको उनको दाबी छ।

संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने सन्दर्भमा आइतबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

पार्टीको सङ्घर्षशील इतिहासबारे बोल्दै अध्यक्ष ओलीले भने, ‘एमाले कुनै अरूको सहारामा मात्र उभिने लहरो होइन, आफ्नै बलमा उम्रेको, हुर्केको र अनेकौं आँधी हुरी, तुफान तथा बाढीको सामना गरेर दह्रो बनेको एक स्वतन्त्र वृक्ष हो।’

छलफलका क्रममा उनले संसद्मा पार्टीको भूमिकालाई थप जनमुखी र प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए।

प्रकाशित: ३ श्रावण २०८३ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App