६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनलाई सुहाङ सर्वसम्मत, इलामका प्रतिनिधि को को ?

नेकपा एमालेको महाधिवेशनलाई इलामबाट प्रतिनिधि चयन भएका छन् । इलामका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत प्रतिनिधि चयन भएको हो ।  

दुवै क्षेत्रबाट १९ जना प्रतिनिधि निर्विरोध चयन भएको नेकपा एमाले इलामले जनाएको छ । इलाममा प्रतिनिधि सभाका दुई पूर्व सांसद सुहाङ नेम्बाङ र महेश बस्नेत दुवै क्षेत्र नम्बर दुईबाट प्रतिनिधि चयन भएका छन् ।  

दलित क्षेत्रबाट देवेन्द्र विश्वकर्मा निर्विरोध भएका छन् । त्यस्तै युवाबाट टीका पौडेल निरोज, महिलाबाट उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध निर्वाचित भएका छन् ।  

क्षेत्र नम्बर एकको खुलाबाट उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बू र दिपककुमार थेवे सर्वसम्मत भएका छ्न ।  

त्यस्तै इलाम क्षेत्र नम्बर दुईबाट महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बू योङहाङ लावती तथा पबिमाया राई निर्वाचित भएका छन् । युवामा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित भएका छन् भने खुलामा केशवकुमार धौराली, गणेशप्रसाद बराल, दीपेन्द्र खनाल, महेश बस्नेत, सुहाङ नेम्वाङ र हेमन्त राई निर्विरोध निर्वाचित भएका छन् । 

May be a doodle of blueprint and text
May be an image of ‎text that says '‎निर्वाचन क्षेत्रनं. नं. २ क्षेत्रबाट १.सर्वसम्मत निर्वाचित महिलाबाट १.क.टीकादेबीचिमिरे क. टीकादेबी २.क. दिलकुमारी लिप्बु योडहाड लावती રે. क. पबिमाया दर्तानं. १३ दर्ता नं. 04 दर्तानं.१७ १७ २.सर्वसम्मत निर्वांचित युवाबाट ၃. क.रामप्रसास सुबेदी (रविनद्र) दर्तान.३६ ३६ 3.सर्वसम्मत निर्वांचित खल्लाबाट क. केशवकुमार धौराली क. गणेशप्रसाद बराल दिपेन्द्र खनाल क. महेश बस्नेत क. सुहाड नेम्वाड़ क. हेमन्त राई दर्ता दर्ताीनं.१५ १५ दर्तानं.२१ २१ दर्तानं.१० ၃၀ दर्ता दर्तांन.०१ दर्ताीनं.३१ दर्तानं.२३ الهاك सुधिरबोहोरा संयाजक‎'‎

प्रकाशित: १३ मंसिर २०८२ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App