१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन प्रतिनिधि चयन : ताप्लेजुङमा सहमतिको वातावरण बन्दै

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा ताप्लेजुङबाट जाने १२ जना प्रतिनिधि सर्वसम्मत रूपले चयन गर्न सहमति नजिक पुगेको छ।

खुल्लातर्फ उम्मेदवारी दिएका केहीले आफ्नो नाम फिर्ता गर्न इन्कार गरेपछि दुवै पक्षले फिर्ता गरी सहमतिको वातावरण बनाइदिन आग्रह गरेका छन्। संस्थापन र इतरपक्ष बिच खुल्लातर्फ अनन्त साँवा, घनेन्द्र मादेन, दीपेन्द्र पोमू, प्रकाश राई (कैलास), छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावतीलाई प्रतिनिधि पठाउन राजी देखिएका छन्।

यस्तै महिलातर्फ टीका सुबेदी भट्टराई, रनमाया गुरुङ, प्रमिला खनाल घिमिरे र मिना केदेम, दलिततर्फ बुद्धिमान परियार र युवातर्फ गोपाल न्यौपानेको नाममा सहमति जुटाउन दुवै पक्ष तयार देखिएको स्रोतले बताएको छ। निर्वाचन समितिले भने अहिलेसम्म आधिकारिक केही बताएको छैन।

जुटेको सहमति अनुसार आवश्यक पदभन्दा बढी उम्मेदवार कायम रहे निर्वाचन समितिले निर्वाचन कार्यक्रम अघि बढाउने बताइरहेको छ।

प्रकाशित: १२ मंसिर २०८२ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App