२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीलाई पितृशोक : प्रचण्डद्वारा दुःख व्यक्त

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

'नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनले दुःखी बनाएको छ।', उनले थपे, 'बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।'

अध्यक्ष ओलीका बुबा मोहनप्रसादको भक्तपुरस्थितर नेपाल–कोरिया मैत्री अस्पतालमा ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी छ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App