११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

पाल टाँगेर एमाले केन्द्रीय कार्यालय सञ्चालन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय अस्थायी रूपमा पाल टाँगेर नियमित रूपमा सञ्चालन गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी गरेपछि त्यहाँका अधिकांश कागजात, फर्निचर र संरचना जलेका थिए। त्यसपछि पार्टी केन्द्रीय कार्यालयको नियमित काम प्रभावित भएको थियो।

आगजनीबाट कार्यालय जले पनि अस्थायी रूपमा पाल टाँगेर नियमित रूपमा कार्यालय सञ्चालन गरेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए। 

प्रकाशित: ९ कार्तिक २०८२ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App