नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । जेन-जी प्रदर्शनपछि भएको आगजनीमा ध्वस्त पार्टी मुख्यालय च्यासलमा सरसफाइपछि आन्तरिक छलफलमा पार्टी जुटेको हो ।
अहिले पार्टी कार्यालयमा एमाले केन्द्रीय विभागहरूको बैठक जारी छ । जेन-जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय विभागको बैठक सुरु भएको छ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले पार्टीको अबको रणनीतिका विषयमा विभागलाई जानकारी गराउँदैछन् ।
बैठकमा जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थिति, नेकपा एमालेको मुख्यालय, पार्टीका नेता तथा नेताका घरमा भएको आक्रमण र आगजनी लगायतका विषयमा छलफल हुनेछ ।
प्रकाशित: १ आश्विन २०८२ १५:३७ बुधबार





