३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ। पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितीका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्यूरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन्।

प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए।

सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्। बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ।

पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटब्यूरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ। उपाध्यक्ष पौडेलले विधान यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीम प्रस्तुत गर्ने गौतमले जानकारी दिए। केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ। मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ।

प्रकाशित: ५ श्रावण २०८२ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App