नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको बताएकी छन्।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राखिन्।
अर्यालले कार्ययोजना र उजुरीहरू भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका लागि समय नै नदिइ आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय भएको बताइन्।
प्रकाशित: ५ जेष्ठ २०८३ ०९:३० मंगलबार





